Tuesday, 27, October, 2020 info@saipalnews.com

उपत्यकामा आज थपिए ५ सय १२ नयाँ कोरोना संक्रमित, आजमात्र ८ को मृत्यु

काठमाडौं २९ भदौ | काठमाडौं उपत्यकामा आज थप ५ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ४ सय ४०, ललितपुरका २९ र भक्तपुरका ४३ जना रहेका छन् भने उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।

यस्तै, आज मात्रै काठमाडौं उपत्यकामा थप ८ जनाको मृत्यु भएको छ । उपत्यकामा आज मृत्यु हुनेहरुमा काठमाडौंका ६ जना, ललितपुरका १ जना र अर्का १ जना पनि भक्तपुरकै रहेका छन्् ।