Monday, 21, September, 2020 info@saipalnews.com

दाङमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २९ भदौ | सोमबार दाङमा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर मेशिनबाट परीक्षण गर्दा दाङका ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए । दाङमा आज थपिएका कोरोना संक्रमित घोराही उपमहानगका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिकाका ८ जना रहेका छन् ।

यससँगै दाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ सय १९ पुगेको छ जसमध्ये ७ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म  २ जनाको मृत्यु भइसकेको छ ।