Tuesday, 27, October, 2020 info@saipalnews.com

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं २९ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक नियमित बैठकको श्रृङ्खला भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् । यद्यपी आजको बैठकमा केही महत्वपूर्ण निर्णय हुने बुझिएको छ ।  ने

पाल विद्युत प्राधिकरणबाट अवकास पाएका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थानमा नयाँ नियुक्ति वा कुलमान घिसिङलाई नै निरन्तरता दिने त्यसबारेमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । दुई दिनअघि कुलमान घिसिङको कार्यकाल पूरा भएपछि प्राधिकरणको कार्यकारी निर्देशक पद खाली भएको छ । कुलमानलाई पुन प्राधिकरणको नेतृत्व दिन आमसर्वसाधारणले सरकारलाई चौतर्फी दवाव दिँदै आएका छन् ।