Monday, 21, September, 2020 info@saipalnews.com

किन हुन्छ रक्सी जति पियो उति पिऊँपिऊँ

काठमाडौँ २९ भदौ । धेरै रक्सी पिउँदा वा उत्सव मनाउँदा पिइने धेरै रक्सीले तपाईँको वंशाणु जीनमा परिवर्तन ल्याइदिन्छ। र त्यसले मतिष्कले काम गर्ने तकिामा समेत परिरवर्तन गरिदिनसक्छ । त्यसले तपाईँलाई झन् रक्सी पिऊँपिऊँ गराइदिन्छ। अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानमा गएिको एक अध्ययनमा भेरै नै रक्सी खाने र उत्सवहरुमा रक्सी खाने मान्छेका वंशाणु जीन हेरिएको थियो । उक्त अध्ययनले रक्सीले जीन विगारेको पत्ता लगाए ।

मानिसको शरीरमा हुने वायोलोजिकल क्लक भनिने शरीरचक्र उसको तनावप्रति प्रतिक्रिया जनाउने प्रणलीमा सबभन्दा बढी क्षति पुगेको पाइयो । यहि नै सबभन्दा नराम्रो हुरा हो । वैज्ञानिकहरुका अनुसार ती दुई क्षति पुगेका मानिसहरुलाई अझ बढी रक्सी पिउने र तनाव भयो कि रक्सी खाने तलतल बनाइदिन्छ । अझ रक्सी थप्नु भनेको ती जीनहरुमा अझ क्षति पुग्नु हो र त्यसको अर्थ अझ बढी पिउनु हो ।

अनुसन्धानपछि एउटा परीक्षण प्रणाली बनाउन सकिन्छ कि भन्ने अआशा राखिएको छ । जसले मानिसहरुको पिउने आदत हानिकारक तहमा पुगेको छ की छैन भन्ने पत्ता लगाउने छ । अल्कोहोलिज्मस् क्लिनिकल एन्ड एक्पेरिमेन्टर रिसर्च भन्ने जर्नलमा उक्त अध्ययन प्रतिवेदन छापिएको छ। एजेन्सीको सहयोगमा