Monday, 21, September, 2020 info@saipalnews.com

आइपीएलका लागि नेपाली लेग स्पिनर सन्दिप लामिछाने यूएईमा

काठमाडौं ३० भदौ | नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग खेल्न यूएई पुगेका छन्। सन्दीपको टोली दिल्ली क्यापिटल्सले सामाजिक सञ्जालमार्फत उनी यूएई पुगेर टिम होटलमा बसिसकेको जनाएको हो। सन्दीप सोमबार बिहान यूएईका लागि उडेका थिए।

सन्दीपले अब तीनपटक कोरोना परीक्षण गरेपछि टोलीको प्रशिक्षणमा सहभागी हुनेछन्। आईपीएलले पहिलो, तेस्रो र छैटौं दिनको परीक्षण नेगेटिभ आएपछि खेल्न पाउने प्रावधान राखेको छ। वेष्ट इण्डिजमा क्यारेबियन प्रिमियर लिग खेलेका सन्दीप अन्य खेलाडीभन्दा एक दिन ढिला यूएई पुगेका हुन्।