Thursday, 24, September, 2020 info@saipalnews.com

पूर्व प्रधानन्यायाधीशको निधन

काठमाडौँ ३१ भदौ ।सर्वोच्च अदालतका दोस्रा प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ।सिंहको १०४ वर्षको उमेर मंगलबार बेलुका बत्तिस पुतलस्थित आफ्नै निवासमा निधन भएको नेपाल बार एशोशियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। उनी निमोनियाका बिरामी थिए।

२०१३ साल जेठ ८ गते सर्वोच्च अदालतको स्थापना भएपछि उनी त्यहाँका दोस्रो प्रधानन्यायाधीशका रुपमा तीन वर्ष न्यायपालिकाको नेतृत्व गरेका थिए। उनले हरिप्रसाद प्रधानपछि २०१३ जेठ ८ गतेदेखि २०१६ साल असार १५ गतेसम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

२०१५ सालमा सर्वोच्च अदालतका महत्वूर्ण फैसला समेटिने नेपाल कानुन पत्रिकाको प्रकाशन उनैले सुरु गरेका थिए। सिंह २००३ सालमा झापामा गोश्वारा कार्यालयको हाकिमका रुपमा सरकाी सेवा प्रवेश गरेका थिए। २०१२ सालमा शाही सल्लाहकारमा भएका सिंह लगत्तै प्रधानन्यायाधीश भएका हुन्।

२०१६ सालमा लोकसेवा आयोगको अध्यक्ष, कानुन, वन मन्त्री, २०१८ सालमा राजा महेन्द्रले नारायणहिटीमा स्थापना गरेको जाहेरी विभागको प्रमुख भएका थिए।त्यस्तै उनलाएै २०३२ सालमा संविधान सुधार आयोगको अध्यक्ष, २०३४ सालदेखि झण्डै एक दशक तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त भएका सिंह त्यसपछि राजसभा स्थायी समितिको सभापतिसमेत भएका थिए।