Monday, 21, September, 2020 info@saipalnews.com

चुरेका बस्तीहरु स्थानान्तरण गर्न प्रदेश अर्थ समितिको चासो

धनगढी ३० भदौ । कैलालीको चुरे गाउँपालिकाका पहिरो पिडीत परिवारलाई बस्ती स्थानान्तरण गर्न प्रदेशको अर्थ बिकास तथा प्राकृति स्रोत समितिले चासो देखाएको छ । समितिले बस्ती स्थानान्तरणको स्म्भाबित जमिनको स्थलगत अनुगमन गरेको छ ।  मंगलबार प्रदेशको अर्थ समितिका सभापती हर्क कुवरको नेतृत्वमा समितीका सद्स्य तथा पुर्ब सामाजिक बिकास मन्त्री दीर्घ सोडारी , सासद अक्कल रावल, महेशदत्त जोशी, पुर्णा जोशी,  भरत खड्का, प्रकाश रावल, शुशिला बुढाथोकी, लगाएत टोलि चुरे गाउपालिका विभिन्न ठाउँहरुको निरीक्षण गरेको हो ।

चुरे गाउँपालिकाका ६ वटै वडामा पहिरोका कारण दर्जनौ बस्तीका स्थानीय बासिन्दाहरु पहिरोबाट विस्थापित बन्न पुगेकाले उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सरकारलाइ निर्देशन  दिने सभापति हर्क कुवरले जानकारी दिए । गत साउनमा परेको अबिरल बर्षाका कारण चुरे गाउँपालिकाका दर्जनौ बस्तीहरु पहिरोको उच्च  जोखिममा  रहेकाले बस्तीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न तिर समितीले चासो दिएको पुर्ब सामजिक बिकाश मन्त्री दिर्घ सोडारिले  बताए । उनले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो पीडित परिवारलाई स्थानान्तरण गर्न तीन वटै तहका सरकार लाग्नु पर्ने देखिएको बताए ।

चुरे गाउँपालिकाका ६ वटै वडाका १ सय ८८ घरधुरी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले तथ्यांक निकालेको छ । १ सय ८८ वटा घरधुरी मध्ये तत्काल १ सय २८ घरधुरी तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको जनाइएको छ । गत साउन १४ गते गएको पहिरोका कारण गुणी र पट्रेनी गाउँका झण्डै ३६ घरधुरी विस्थापित बन्न पुगेका छन् । उनीहरुमध्ये पट्रेनी गाउँका २८ घरधुरी परिवार चुरे ५ स्थित भीमदत्त राजमार्गको बेल्चाप्लान सडक किनारामा बस्दै आएका छन् ।

चुरे गाउपालिका वडा नं १ का वडाध्यक्ष हुकुम बोहरा, वडा नं। ५ का वडाध्यक्ष नरबहादुर तामाङ लगायतको अर्थ समितिको टोलीले पहिरो पीडितहरुको बस्ती स्थानान्तरणका लागि चुरे गाउँपालिकाको सहजपुर क्षेत्रका विभिन्न सम्भाबित जमिनको अनुगमन गरेको थियो ।