Thursday, 23, September, 2021 info@saipalnews.com

गुणस्तरहीन स्यानिटाईजर उत्पादन गर्ने थप ४ कम्पनीको स्यानिटाईजर बिक्रिवितरणमा रोक

काठमाडौं ३१ भदौ | औषधि व्यवस्था विभागले थप चारवटा कम्पनीका ह्यान्ड स्यानिटाइजर बिक्रीवितरणमा रोक लगाएको छ । विभागले अनुगमनका क्रममा चीनको ग्वाङझाउस्थित ओपाकेल नन वासिङ एन्टिबेक्टेरियल सलुसन, ललितपुरस्थित सम्पदा हेल्थकेयरको सासा ह्यान्ड स्यानिटाइजर , भारतको आरएल कोर्पको पामाकेयर ह्यान्ड स्यानिटाइजर र काठमाडौँको श्रीनाथ हर्बलको युनिकेयर ह्यान्ड स्यानिटाइजरलाई रोक लगाइएको हो । यी स्यानिटाईजरहरुमा मापदण्डविपरित विषाक्त रसायन मिथानोल प्रयोग गरिएको र न्यून गुणस्तरको पाइएकोले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने हुँदा सर्वसाधारणलाई प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको छ । यस्तै, बजारमा बिक्रिवितरणमा रोक लगाएर कारवाहीको प्रक्रिया अघि बढाउन विभागले सरोकारवालाई निर्देशन दिएको छ ।