Saturday, 18, September, 2021 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए ७ सय ३७ नयाँ कोरोना संक्रमित

काठमाडौं ३१ भदौ | काठमाडौं उपत्यकामा आज थप ७ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ६ सय ५२, ललितपुरका ६० र भक्तपुरका २५ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।