Saturday, 18, September, 2021 info@saipalnews.com

तोलामा ९ सय रुपैयाँले घट्यो सुन

काठमाडौं १ असोज | बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार छापावाला सुन प्रतितोला ९६ हजार ६०० र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । भदौ महिनाको अन्तिम दिन सुन ९७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले ओरालो लागेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।