Saturday, 18, September, 2021 info@saipalnews.com

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन १ असोज । । पहिरो खसेर सडक अवरुद्ध गरेपछि बन्द भएको नारायणगढ मुग्लिन सडक बिहीबार सवा ११ बजेपछि खुलेको छ ।इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।पहिरो पन्छाएपछि विहान सवा ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधबार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध हुँदा धेरै सवारी साधन जाममा परेका थिए, ती अहिले गन्तव्यतर्फ गएका छन् ।