Saturday, 18, September, 2021 info@saipalnews.com

नेपालमा आज थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ को मृत्यु

काठमाडौं १ असोज | नेपालमा आज थप १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । यस्तै, निको हुनेको संख्या ४२ हजार ९४९ रहेको छ भने हालसम्म ३८१ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका काठमाडौँका ५०७, चितवनका १०१, मोरङका ९४, मकवानपुरका ६३, ललितपुरका ६१, सुनसरीका ५४, भक्तपुरका ५०, अछामका २२, प्यूठानका २१, बाँकेका २१, कैलालीका २१, पर्साका १९, डोटीका १७, धनुषाका १६, कास्कीका १६, नवलपरासी पश्चिमका १६, नवलपरासी पूर्वका १५, बर्दियाका १३, झापाका ११, सर्लाहीका ११, सिरहाका ११, दैलेखका १०, बाराका १०, सप्तरीका ९, कञ्चनपुरका ८, रौतहटका ७, बाग्लुङका ४, सिन्धुपाल्चोकका ४, महोत्तरीका ४, दोलखाका ३, गोरखाका ३, रुपन्देहीका ३, काभ्रेका २, धादिङका २, तनहुँका २, उदयपुरका १, खोटाङका १, धनकुटाका १, नुवाकोटका १, रामेछापका १, लमजुङका १, स्याङ्जाका १, कपिलवस्तुका १, गुल्मीका १, जाजरकोटका १, सुर्खेतका १, बझाङका १, बैतडीका १, पाल्पाका १ र दाङका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौं, मोरङ, चितवन र कैलालीका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।