Saturday, 18, September, 2021 info@saipalnews.com

नेपालमा आजसम्मकै सर्वाधिक २०२० जनामा कोरोना संक्रमण पुष्टि, थप ७ को मृत्यु

काठमाडौं २ असोज | पछिल्लो २४ घण्टामा नेपालमा गरिएको ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । यस्तै, निको हुनेको संख्या ४३ हजार ८२० रहेको छ भने हालसम्म ३९० जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका काठमाडौँका ६९८, चितवनका १९१, मोरङका ११८, सुर्खेतका ११७, रुपन्देहीका ८६, कास्कीका ८६, भक्तपुरका ८२, ललितपुरका ७९, बाराका ७८, सुनसरीका ५८, सप्तरीका ४५, नवलपरासी पश्चिमका ४१, नवलपरासी पूर्वका ३९, मकवानपुरका ३०, दाङका २४, रुकुम पश्चिमका २३, सिरहाका १९, बर्दियाका १८, पर्साका १७, कैलालीका १७, अछामका १६, धादिङका १४, गोरखाका १२, धनुषाका ९, अर्घाखाँचीका ९, रोल्पाका ९, कञ्चनपुरका ७, झापाका ६, रौतहटका ६, काभ्रेका ६, नुवाकोटका ६, रामेछापका ६, लमजुङका ६, कपिलवस्तुका ६, गुल्मीका ६, तनहुँका ५, सिन्धुपाल्चोकका ३, पाल्पाका ३, बाजुराका ३, बैतडीका २, बाँकेका २, उदयपुरका २, भोजपुरका २, सर्लाहीका २, ओखलढुङ्गाका १, दोलखाका १, प्यूठानका १, दैलखका १, डोटीका १ र बझाङका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका २ जना, मोरङका २ जना, र भक्तपुर, ललितपुर र नवलपरासी पश्चिमका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।