Wednesday, 19, January, 2022 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए ८ सय ५९ नयाँ कोरोना संक्रमित

काठमाडौं २ असोज  | काठमाडौं उपत्यकामा आज थप ८ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ६९८, ललितपुरका ७९ र भक्तपुरका ८२ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।