Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ को मृत्युु

काठमाडौंं ३ असोज | नेपालमा आज थप १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यस्तै, निको हुनेको संख्या ४५ हजार २६७ रहेको छ भने हालसम्म ४०१ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ५७०, बाराका १११, भक्तपुरका ८३, ललितपुरका ५८, नवलपरासी पुर्वका ४५, मोरङका ३३, दाङका २८, सुनसरीका २३, दार्चुलाका २१, बाँकेका २०, सप्तरीका १९, मकवानपुरका १८, सर्लाहीका १५, काभ्रेका १४, धादिङका १३, कास्कीका १३, रामेछापका ९, सिरहाका ८, कैलालीका ८, चितवनका ७, सिन्धुलीका ७, झापाका ६, पर्साका ६, लमजुङका ५, तनहुँका ५, दोलखाका ५, नुवाकोटका ४, सिन्धुपाल्चोकका ४, गोरखाका ४, बर्दियाका ४, ओखलढुंगाका ३, स्याङ्जाका ३, अर्घाखाँचीका ३, कपिलवस्तुका ३, सुर्खेतका ३, डडेल्धुराका ३, बैतडीका ३, कञ्चनपुरका २, दैलेखका २, पाल्पाका २, पर्वतका २, रौतहटका २, धनुषाका २, खोटाङका १, महोत्तरीका १, नवलपरासी पश्चिमका १, प्युठानका १ र रुपन्देहीका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका ललितपुरका ३, काठमाडौंका २, र मोरङ, रौतहट, मकवानपुर, रुपन्देही र बाँकेका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।