Saturday, 24, October, 2020 info@saipalnews.com

१३औं संस्करणको आइपीएल आजदेखि सुरु हुँदै, पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नैइ सुपर किङ्स भिड्दै

काठमाडौंं ३ असोज | चर्चित क्रीकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आज (शनिबार) बाट संयुक्त अरब इमिरेन्ट्समा सुरु हुँदैछ।

कोरोना भाइरसको महामारीको कारण आइपीएल युएईमा हुन लागेको हो। लिगको उद्घाटन खेलमा गत संस्करणको विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्स भिड्नेछन्।

खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबुधाबीमा हुनेछ। चेन्नई महेन्द्रसिंह धोनी र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ।