Thursday, 27, January, 2022 info@saipalnews.com

भारतमा बसेर जासुसी गरेको आरोपमा एक नेपालीसहित ३ पक्राउ

एजेन्सी ३ असोज । भारतको दिल्ली पुलिसले एक नेपालीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।भारतमा बसेर जासुसी गरेको आरोपमा दिल्ली पुलिसले भारतका स्वतन्त्र पत्रकार राजिव शर्मासहित एक चिनियाँ महिला र नेपाली पुरूषलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुमाथि भारती सेना र रक्षा सम्बन्धी महत्वपूर्ण दस्तावेज बेचेको आरोप लगाइएको छ ।उनीहरूले दिल्लीको महिपालपुरमा एउटा कम्पनी खोलेको र त्यही कम्पनीबाट विभिन्न कारोबार गरेको बताइएको छ। दिल्ली पुलिसले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।