Monday, 20, September, 2021 info@saipalnews.com

नेपालमा आज थप १ हजार ३२५ जनामा कोरोना पुष्टि, थप १० को मृत्युु

काठमाडौं ४ असोज | पछिल्लो २४ घण्टामा नेपालमा गरिएको ९ हजार ५८४ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । यस्तै, निको हुनेको संख्या ४६ हजार २३३ रहेको छ भने हालसम्म ४११ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ६०२, रुपन्देहीका ११३, भक्तपुरका १०१, ललितपुरका ६४, मोरङका ६३, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, रौतहटका २६, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, लमजुङका १८, सिरहाका १८, चितवनका १५, पर्साका १४, कपिलवस्तुका १२, नवलपरासी पश्चिमका १२, पाल्पाका १२, कैलालीका १२, प्युठानका ११, सर्लाहीका १०, अछामका १०, सुनसरीका ७, बर्दियाका ६, गुल्मीका ६, सप्तरीका ५, दोलखाका ४, झापाका ३, सिन्धुपाल्चोकका ३, दाङका ३, पाँचथरका २, धनुषाका २, काभ्रेका २, गोरखाका २, उदयपुरका १, तेह्रथुमका १, भोजपुरका १, बाराका १, नुवाकोटका १, सिन्धुलीका १, तनहुँका १, बाग्लुङका १, स्याङ्जाका १, अर्घाखाँचीका १, रोल्पाका १ र कालीकोटका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ४, र ललितपुर, भक्तपुर, धनुषा, चितवन, रुपन्देही र पाल्पाका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।