Saturday, 31, October, 2020 info@saipalnews.com

नेपालमा आज थप १ हजार १५४ संक्रमित थपिए, थप १६ को मृत्यु

काठमाडौं ५ असोज | नेपालमा आज थप १ हजार १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । यस्तै, निको हुनेको संख्या ४७ हजार २३८ रहेको छ भने हालसम्म ४२७ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका काठमाडौंका ५३८, मोरङका १०७, भक्तपुरका ७४, ललितपुरका ६२, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासी पश्चिमका २४, कास्कीका १८, रुपन्देहीका १८, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रेका १०, बाँकेका १०, कपिलवस्तुका ९, रुकुम पुर्वका ९, दैलेखका ९, कञ्चनपुरका ७, प्युठानका ७, अर्घाखाँचीका ७, सर्लाहीका ७, धादिङका ६, पर्साका ५, नुवाकोटका ५, सिरहाका ४, पाल्पाका ४, डडेल्धुराका ४, दोलखाका ३, मकवानपुरका ३, अछामका ३, बैतडीका २, रुकुम पश्चिमका २, नवलपरासी पुर्वका २, सिन्धुलीका २, धनुषाका २, झापाका २, इलामका १, उदयपुरका १, बाराका १, सिन्धुपाल्चोकका १, पर्वतका १, डोटीका १ र बाजुराका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौं, ललितपुर, भक्तपुर, बाँके र मकवानपुरका २/२ जना, र झापा, सुनसरी, पर्सा, चितवन, दोलखा र रुपन्देहीका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।