Saturday, 31, October, 2020 info@saipalnews.com

डा.केसीलाई काठमाडौँ पठाइयो

जुम्ला ५ असोज । जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।  तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई आज समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए  । डा.केसी आफै काठमाडौँ जान मञ्जुर भएपछि हामीले पठाएका हौँ”, उनले भने, “उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा प्रविणलाई साथमा पठाएका छौँ ।

पन्ध्रौ सत्याग्रह जुम्ला बस्नुभएका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गर्नुभएको थियो । डा।केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । काठमाडौं पुगेपछि भने सत्याग्रह जारी राख्ने उनले बताए ।