Wednesday, 22, September, 2021 info@saipalnews.com

सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद बैठक

काठमाडौं ६ असोज। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषदको बैठक साढे नौ बजे बालुवटारमा बस्ने तय भएको एक ममन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद बैठक नियमित भएको पनि ती मन्त्रीको भनाइ छ । सोमबार बस्नुपर्ने नियमित क्याबिनेट बैठक बसेको थिएन । त्यसैले आज बस्न लागेको हो । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित प्रकृयाका बारेमा छलफल हुनेछ ।

यसैबीच मंगलबारै नेकपाको सचिवालय बैठक पनि बस्दैछ । साढे १२ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । आइतबार बसेको सचिवालय बैठक सोमबार बस्ने गरी स्थगित भएपनि गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि सोमबार बस्ने भनिएको सचिवालय बैठक मंगलबारलाई सारिएको थियो । नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, एकताका बाँकी काम लगयतबारे छलफल गर्ने कार्यसूची छ ।