Friday, 28, January, 2022 info@saipalnews.com

नेपामा आज थपिए १ हजार ३५६ नयाँ कोरोना संक्रमित, थप २ को मृत्यु

काठमाडौंं ६ असोज | नेपालमा आज थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । यस्तै, निको हुनेको संख्या ४८ हजार ६१ रहेको छ भने हालसम्म ४२९ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ५११, सुनसरीका ७७, रुपन्देहीका ७४, ललितपुरका ७३, भक्तपुरका ६३, बाँकेका ५८, मोरङका ५७, सुर्खेतका ४४, सिरहाका ३३, काभ्रेका ३०, दाङका १९, कपिलवस्तुका १९, बाग्लुङका १६, बाराका १५, कास्कीका १५, रोल्पाका १५, धनुषाका ११, पर्साका ११, बर्दियाका २७, तनहुँका २५, रुकुम पुर्वका २५, चितवनका २२, झापाका २०, रामेछापका ९, प्युठानका ८, पाल्पाका ८, नवलपरासी पश्चिमका ८, मकवानपुरका ८, सप्तरीका ८, लमजुङका ६, संखुवासभाका ४, रौतहटका ४, दोलखाका ४, स्याङ्जाका ४, धादिङका ३, पर्वतका ३, सिम्धुपाल्चोकका २, सिन्धुलीका २, गोरखाका २, अर्घाखाँचीका २, गुल्मीका २, भोजपुरका २, दैलेखका १, कञ्चनपुरका १, नुवाकोटका १, सर्लाहीका १, धनकुटाका १, तेह्रथुमका १ र उदयपुरका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका १ जना र काभ्रेका १ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।