Friday, 28, January, 2022 info@saipalnews.com

अनसनरत डा. गोविन्द केसीलाई शिक्षण अस्पताल सारियो

काठमाडौंं ६ असोज | चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज सारिएको छ।

डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई ट्रमा सेन्टरबाट डिस्चार्ज गरेर साँझ साढे ६ बजेपछि टिचिङ अस्पताल पुर्‍याइएको हो।

यसअघि त्रिभुवन विमानस्थलबाट डाक्टर केसीलाई सोझै टिचिङ अस्पतालमा ल्याउने भनिए पनि बीचमा प्रहरी परिचालन गरी उनलाई ट्रमा सेन्टरमा लगिएको थियो।