Thursday, 27, January, 2022 info@saipalnews.com

नेपालमा आज थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ को मृत्युु

काठमाडौंं ७ असोज | नेपालमा आज थप १ हजार १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । यस्तै, निको हुनेको संख्या ४९ हजार ९५४ रहेको छ भने हालसम्म ४३६ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ४९२, भक्तपुरका ९५, रुपन्देहीका ६७, ललितपुरका ५०, सुर्खेतका ४९, मोरङका ४४, सुनसरीका ३७, बाँकेका ३०, गुल्मीका २८, कास्कीका २२, अछामका २२, सर्लाहीका २१, बर्दियाका १९, डोटीका १७, मकवानपुरका १६, धादिङका १४, कैलालीका १४, पाल्पाका १३, सप्तरीका १२, सिरहाका ११, नवलपरासी पुर्वका १०, काभ्रेका १०, झापाका ९, कपिलवस्तुका ६, तनहुँका ६, प्युठानका ५, नवलपरासी पश्चिमका ५, स्याङ्जाका ५, लमजुङका ५, गोरखाका ५, बाराका ४, धनुषाका ३, कञ्चनपुरका ३, पाँचथरका २, रौतहटका २, नुवाकोटका २, बाग्लुङका २, दाङका २, दार्चुलाका २, बैतडीका २, बझाङका १, पर्वतका १, म्याग्दीका १, चितवनका १, महोत्तरीका १, संखुवासभाका १, तेह्रथुमका १, ताप्लेजुङका १ र उदयपुरका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका २ जना, बर्दियाका २ जना, र झापा, सिरहा र ललितपुरका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।