न कतै भोक देख्छ सरकारले न पीडा सुन्छ।
न हिजोको भूमिका सम्झेछ न त गुन नै गुन्छ।
समाजवाद अनि समृद्धिको नारासँगै चुनावमा
भन्न त हामीले नै भनेको हो खै न कोही रुन्छ।
विरोध गर्न पाइदैन गजवको लोकतन्त्र छ यहाँ,
गुनासो गर्ने अधिकार गुमायो कस्तो नेता चुन्छ।
मिलीजुली खानु पर्छ पख सबैको पालो आउछ,
उसको पालो सकिए समृद्धिले तिमीलाई छुन्छ।
सर्वहाराको सरकार हो उनी त उतै भेट्टिएलान्,
सामन्त खोज्नु परे आउनु धर्म सडक मै हुन्छ।