Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपालमा आज थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ को मृत्यु

काठमाडौंं ९ असोज | नेपालमा आज थप १ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । यस्तै, निको हुनेको संख्या ५१ हजार ८६६ रहेको छ भने हालसम्म ४५९ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ५०३, ललितपुरका ९१, मोरङका ६९, चितवनका ६७, रुपन्देहीका ६१, महोत्तरीका ५५, भक्तपुरका ५१, सर्लाहीका ३९, बाँकेका ३२, सुनसरीका २८, अछामका २५, बझाङका २५, नवलपरासी पुर्वका २४, कास्कीका १९, गोरखाका १६, पर्साका १५, झापाका १४, सल्यानका १४, सिरहाका १३, प्युठानका १३, धनुषाका ११, प्युठानका १०, मकवानपुरका ९, दाङका ९, सुर्खेतका ९, बाग्लुङका ८, काभ्रेका ७, कपिलवस्तुका ६, गुल्मीका ६, पाल्पाका ६, बर्दियाका ६, कैलालीका ६, लमजुङका ५, धादिङका ४, रामेछापका ४, स्याङ्जाका ४, अर्घाखाँचीका ४, खोटाङका ३, सप्तरीका ३, नुवाकोटका ३, सिन्धुपाल्चोकका २, सिन्धुलीका २, नवलपरासी पश्चिमका २, डोटीका २, ताप्लेजुङका १, तेह्रथुमका १, रौतहटका १, दोलखाका १, तनहुँका १, दैलेखका १, कञ्चनपुरका १ र दार्चुलाका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका मोरङका २ जना र सप्तरी, काठमाडौं, ललितपुर र कपिलवस्तुका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।