Saturday, 18, September, 2021 info@saipalnews.com

उपत्यमामा २४ घण्टामा थपिए ७२४ नयाँ संक्रमित

काठमाडौं १० असोज | काठमाडौं उपत्यकामा आज थप  ७ सय  २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।