Wednesday, 22, September, 2021 info@saipalnews.com

ओली प्रचण्ड भेट, मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने

काठमाडौं ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा छलफल केन्द्रित रहेको ओली निकट स्रोतले जानकारी दियो ।प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीच मापदण्ड र रोस्टर बनाउने विषयमा कुराकानी भएको हो ।

उहाँहरूबीच मापदण्ड बनाउने विषयमा लामो कुराकानी भएको छ । निरन्तर छलफल भएको छ । सम्भवतः आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,” स्रोतले भन्यो, “मैले बिहान दुवै अध्यक्षसँग कुरा गरेको थिएँ, मन्‍त्रिपरिषद् हेरफेर अब टुङ्ग्याउनुपर्छ भन्दै हुनुहुन्थ्यो । बालुवाटारनिकट स्रोतले मन्त्रिपरिषद्‍मा अब ल्याउने सदस्य अधिकांश नयाँ अनुहार हुने जानकारी दियो । “पटकपटक लाभ पाएकालाई भन्दा नयाँ र दुई(तीनपटक सांसद भएर पनि मन्त्री बन्न नपाएकालाई नै प्राथमिकता दिइने छ,” उनले भने ।

पूर्वएमाले घटकमा नयाँ अनुहारलाई प्राथमिकता दिए पनि पूर्वमाओवादीबाट भने दोहोरिने सम्भावना रहेको उनले बताए ।पूर्वएमालेबाट यज्ञराज सुनुवार, विशाल भट्टराई,  विरोध खतिवडा आदिको नाम चर्चामा छ । पूर्वमाओवादीबाट देवेन्द्र पौडेल, जनार्दन शर्मा, पम्फा भुसाल आदिको नाम चर्चामा छ ।