Saturday, 31, October, 2020 info@saipalnews.com

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं : भट्टराई

काठमाडौं १२ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सार्नुभएको छ । भट्टराईले ट्वीटरमार्फत बलात्कार हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसकेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बताउनुभएको हो ।नेता भट्टराईले राजतन्त्रकालका नमिता – सुनितादेखि गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बलात्कारपछि हत्या   प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भइसकेको समेत बताउनुभएको छ ।

गत बुधबार बझाङको मष्टा गाउँपालिकास्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक बलात्कारपछि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी रहेको उहाँको भनाइ छ । कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको दुई वर्ष वितिसक्दा पनि अपराधी पत्ता लागेको छैन ।भट्टराईले ट्वीटरमा लेख्नुभएको छ । राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त(सम्झना विकसम्मको बलात्कार(हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो ।