Saturday, 31, October, 2020 info@saipalnews.com

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं १२ असोज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।ढकालले सामाजिक संजाल फेसबुक मार्फत कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिएका हुन् ।

आइतबार स्वास्थ्य जाँचको क्रममा कोरोना पोजेटिभ देखिएको र आफुलाई कुनै लक्षण नदेखिएको ढकालले जानकारी दिएका छन् । संक्रमण पुष्टि भएपछि ढकाल होम आइसोलेसनमा बसेका छन् ।ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।