Saturday, 31, October, 2020 info@saipalnews.com

नेपालमा एकैदिन थपिए १३५१ नयाँ कोरोना संक्रमित, थप ४ को मृत्यु

काठमाडौंं १२ असोज | नेपालमा आज थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । यस्तै, निको हुनेको संख्या ५४ हजार ६४० रहेको छ भने हालसम्म ४८१ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ६४९, ललितपुरका १३२, सिरहाका ५५, कैलालीका ५०, मोरङका ४९, मकवानपुरका ४०, भक्तपुरका ३६, सुर्खेतका २९, महोत्तरीका २५, धनुषाका २२, सुनसरीका २०, नवलपरासी पुर्वका २०, रुपन्देहीका २०, चितवनका १७, तनहुँका १७, बाँकेका १६, बझाङका १४, अछामका १३, धादिङका ११, काभ्रेका १०, सप्तरीका १०, लमजुङका ७, सिन्धुपाल्चोकका ७, पर्साका ७, सर्लाहीका ६, कपिलवस्तुका ५, गुल्मीका ५, नवलपरासी पश्चिमका ५, सिन्धुलीका ४, कास्कीका ४, बाराका ३, नुवाकोटका ३, गोरखाका ३, पर्वतका ३, स्याङ्जाका ३, इलामका २, खोटाङका २, झापाका २, तेह्रथुमका २, भोजपुरका २, दाङका २, बर्दियाका २, कालीकोटका २, जाजरकोटका २, दैलेखका २, सल्यानका २, बैतडीका १, प्युठानका १, अर्घाखाँचीका १, बागलुङका १, दोलखाका १, रौतहटका १, संखुवासभाका १, पाँचथरका १ र ओखलढुंगाका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका सुनसरी, भक्तपुर, बाँके र गुल्मीका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।