Saturday, 24, October, 2020 info@saipalnews.com

डा कार्यालयमा तालाबन्दी

सल्यान १२ असोज । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ ।

करार कर्मचारी सङ्घर्ष समितिका संयोजक दिलीप बोहराले भने “हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पु¥याएका छौँ  । ती निकायबाट हाम्रो मागको सुनुवाई नभएपछि बाध्यभएर तालाबन्दी गरेका हौ । गाउँपालिका अध्यक्ष सन्तोष केसीले  गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकोले नहटाउने जानकारी दिए ।