Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपालमा एकैदिन थपिए १५१३ नयाँ कोरोना संक्रमित, थप १० को मृत्यु

काठमाडौं १३ असोज | नेपालमा आज थप १ हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । यस्तै, निको हुनेको संख्या ५५ हजार ३७१ रहेको छ भने हालसम्म ४९१ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ७४७, ललितपुरका ११४, मोरङका १०१, रुपन्देहीका ९५, भक्तपुरका ७३, चितवनका ६२, बाँकेका ४१, सुनसरीका ३२, कैलालीका २७, पर्साका २३, बर्दियाका १९, कपिलवस्तुका १८, कास्कीका १६, नवलपरासी पुर्वका १५, काभ्रेका १३, दाङका ११, धनुषाका १०, झापाका ९, सिरहाका ८, कञ्चनपुरका ८, बैतडीका ७, सर्लाहीका ६, मकवानपुरका ६, पाल्पाका ६, सप्तरीका ५, नवलपरासी पश्चिमका ५, बाराका ४, धादिङका ४, नुवाकोटका ४, सिन्धुलीका ३, उदयपुरका २, तेह्रथुमका २, महोत्तरीका २, गोरखाका २, स्याङ्जाका २, गुल्मीका २, ओखलढुंगाका १, भोजपुरका १, रामेछापका १, सिन्धुपाल्चोकका १, रोल्पाका १, रुकुम पश्चिमका १, डडेल्धुराका १, डोटीका १ र इलामका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौं र बाँकेका ३/३ जना, र मोरङ, सर्लाही, महोत्तरी र चितवनका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।