Wednesday, 19, January, 2022 info@saipalnews.com

नेपालमा आज थप १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, थओअ ७ को मृत्यु

काठमाडौंं १४ असोज | नेपालमा आज थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । यस्तै, निको हुनेको संख्या ५६ हजार ४२८ रहेको छ भने हालसम्म ४९८ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ६९७, ललितपुरका ११२, मोरङका ९८, भक्तपुरका ९३, रुपन्देहीका ७०, चितवनका ६२, नवलपरासी पुर्वका ४५, सुर्खेतका ४१, सुनसरीका ३८, मकवानपुरका ३८, बाँकेका २७, कैलालीका २३, झापाका १९, पर्साका १७, कास्कीका १६, गोरखाका १५, महोत्तरीका ११, बाराका १०, बर्दियाका १०, काभ्रेका ९, धादिङका ८, डोटीका ८, सप्तरीका ७, सिन्धुपाल्चोकका ६, कञ्चनपुरका ६, पाल्पाका ६, तनहुँका ५, दाङका ५, दैलेखका ५, कालीकोटका ४, दोलखाका ३, नुवाकोटका ३, सिन्धुलीका ३, स्याङ्जाका ३, प्युठानका ३, सर्लाहीका २, सिरहाका २, रामेछापका २, लमजुङका २, बाग्लुङका २, कपिलवस्तुका २, रोल्पाका २, जुम्लाका २, हुम्लाका २, अछामका २, डडेल्धुराका २, बझाङका १, सल्यानका १, नवलपरासी पश्चिमका १, उदयपुरका १, ताप्लेजुङका १, भोजपुरका १, संखुवासभाका १, धनुषाका १, पर्वतका १, म्याग्दीका १ र गुल्मीका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ३ जना र सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।