Saturday, 18, September, 2021 info@saipalnews.com

आइपिएलमा सट्टाबाजी खेलाउने तीन पक्राउ

विराटनगर १४ साउन । युएइमा भइरहेको भारतको इन्डियन प्रिमियर लिग आइपिएलमा सट्टाबाजी खेलाउने तीन जनालाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर १५ भट्टिमोडका मुन्न भन्ने सत्यजित साह , बैजनाथ साह, विराटनगर १७ का जगदिश साहलाई मोबाइलमा फोनमार्फत आइपिएलको सट्टाबाजी भइरहेको बेला पक्राउ गरेको हो ।

सत्यजित साहको घरमा खेलिरहेको विशष सूचना आएपछि छापा मार्न पुगेको प्रहरीले उनिहरुलाई रगेंहात पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राइले जानकारी दिनु भयो । साहको साथबाट प्रहरीले खेलाउन लिएको ६० हजार रुपैया समेत बरामद गरेको छ ।

आइपिएलमा अवैध रुपमा सट्टाबाजी गर्ने गिरोह सक्रिय पाइएको र यसमा अन्य मानिसको पनि संलग्न हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको डिएसपी राइले जानकारी दिनु भायो । प्रहरीले उनीहरुको साथबाट सट्टाबाजी खेलाउन प्रयोग गरेको ल्याप्टप र मोवाइल बरामद गरेको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा जुवा वा सट्टाबाजी खेल मुद्धा अन्तर्गत म्यद थप गरी अनुसन्धान सुरुगरेको जानकारी दिएको छ ।