Thursday, 23, September, 2021 info@saipalnews.com

सुदूरपश्चिममा मृतक सङ्ख्या १७ पुग्यो

कैलाली १५ असोज । पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन जनाको कोरोनाबाट मृत्यु र १८२ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा सुनसरीका दुई पुरुष र मोरङकी एक महिला रहेका छन् । यसप्रदेशमा कोरोनाबाट हालसम्ममा ७४ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज थपिएका सङ्क्रमितमा ६० महिला र १२२ जना पुरुष रहेका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ९८ जना मध्ये विराटनगरमा ६८, सुनसरीमा ६८, झापामा सात, ताप्लेजुङ र भोजपुरमा एकएक तथा प्रदेश बाहिरका सात जना रहेका  छन् ।

हालसम्ममा यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९८० पुगेको छ भने आज विभिन्न स्थानबाट १७४ जना निको भएर घर फर्किएका छन् । यसप्रदेशमा कोरोनाको उपचार पछि घर फर्कनेको सङ्ख्या तीन हजार २७२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९७८ जना सहित एक लाख २४ हजार ७२३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

२६ जना सङ्क्रमित थपिए पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६ जना कोरोना सङक्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या तीन हजार ९७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा लम्जुङका १०, कास्कीका सात, बाग्लुङका छ  र म्याग्दीका तीन जना रहेका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने दुई हजार ७९३ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४९ जना रहेको निर्देशनालयले जनाएको छ ।