Wednesday, 22, September, 2021 info@saipalnews.com

सर्वोच्चले भन्योः “कोरोना परीक्षणको शुल्क नलिनु”

काठमाडौं १६ असोज | सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण भए÷नभएकोबारे पत्ता लगाउने विधि पीसीआर परीक्षण निःशुल्क गर्न परमादेश जारी गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा परमादेश जारी गरेको हो ।
आधारभूत स्वास्थ्य सेवा नागरिकलाई संविधानले प्रदान गरेको मौलिक हकभित्र पर्ने भन्दै सर्वोच्चबाट परामदेशको माग गर्दै अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिट निवेदनमा सर्वोच्चले परामदेश जारी गरेको हो ।
सर्वोच्च अदालतबाट परामादेश जारी भएपछि सरकारले जनताको निःशुल्क पीसीआर परीक्षण गर्नुपर्ने अधिवक्ता ओलीले बताए । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरूको निःशुल्क पीसीआर परीक्षण हुने तर सर्वसाधारणबाट २ हजार रुपैयाँ तोक्नु गैरकानुनी भएको भन्ने रिट निवेदनमा उल्लेख थियो ।
फैसलाको पूर्णपाठ आउन बाँकी रहेको अधिवक्ता ओलीले बताए । अधिवक्ताद्वयले भदौ २८ गते रिट निवेदन दायर गरेका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा लेखिएको छ ।