दाङ १६ असोज | प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।
सत्तारुढ नेकपाको शिर्ष तहमा सहमति जुटेसँगै प्रदेश ५ सरकारको मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
सोही अनुरुप प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।