Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपालमा आजसम्मकै सबैभन्दा धेरै २७२२ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ को मृत्यु

काठमाडौंं १६ असोज | नेपालमा आज थप २ हजार ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । यस्तै, निको हुनेको संख्या ६० हजार ६९६ रहेको छ भने हालसम्म ५२० जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १ हजार २८०, ललितपुरका १६२ र भक्तपुरका १९६ जना रहेका छन् । यस्तै, मोरङका १५०, सुर्खेतका १२२, रुपन्देहीका ९२, चितवनका ८३, बाँकेका ७०, मकवानपुरका ५५, दाङका २८, गुल्मीका २६, पर्साका २४, झापाका २३, सुनसरीका २३, काभ्रेका २३, धादिङका २३, नवलपरासी पश्चिमका २३, सिरहाका २२, नवलपरासी पुर्वका १६, सप्तरीका १५, दार्चुलाका १५, बाराका १४, लमजुङका १४, सिन्धुलीका १३, कास्कीका १३, कैलालीका १३, बाग्लुङका १२, नुवाकोटका ११, पाल्पाका ११, प्युठानका ११, सिन्धुपाल्चोकका १०, अर्घाखाँचीका १०, दैलेखका १०, बर्दियाका ९, अछामका ८, डोटीका ८, तनहुँका ७, कञ्चनपुरका ७, कपिलवस्तुका ७, महोत्तरीका ६, सर्लाहीका ६, जुम्लाका ६, धनुषाका ५, बझाङका ५, रौतहटका ४, गोरखाका ४, रामेछापका ३, म्याग्दीका ३, कालीकोटका ३, बैतडीका ३, उदयपुरका २, तेह्रथुमका २, दोलखाका २, स्याङ्जाका २, रोल्पाका २, बाजुराका १, खोटाङका १, ताप्लेजुङका १, संखुवासभाका १ र पर्वतका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका ललितपुर, भक्तपुर र बाँकेका २/२ जना, र मोरङ, काठमाडौं, मकवानपुर, रुपन्देही र सुर्खेतका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।