Thursday, 23, September, 2021 info@saipalnews.com

उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै थप १६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १६ असोज | काठमाडौं उपत्यकामा आज थप  १ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १२८०, ललितपुरका १६२ र भक्तपुरका १९६ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।