Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपालमा आज एकैदिन २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि, थप ८ को मृत्यु

काठमाडौंं १७ असोज | नेपालमा आज थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । यस्तै, निको हुनेको संख्या ६२ हजार ७४० रहेको छ भने हालसम्म ५२८ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १००१, ललितपुरका १०९ र भक्तपुरका ६७ जना रहेका छन् । यस्तै, सुनसरीका १२२, मोरङका १११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरीका १९, बाँकेका १९, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२, तनहुँका १०, बर्दियाका १०, झापाका ९, दैलेखका ९, सिरहाका ८, धादिङका ८, नुवाकोटका ८, नवलपरासी पुर्वका ८, उदयपुरका ७, पाल्पाका ७, रामेछापका ६, सिन्धुलीका ६, गोरखाका ६, कपिलवस्तुका ६, नवलपरासी पश्चिमका ६, प्युठानका ६, खोटाङका ५, महोत्तरीका ५, सर्लाहीका ५, कञ्चनपुरका ५, ओखलढुंगाका ४, दोलखाका ४, दाङका ४, संखुवासभाका ३, लमजुङका ३, डडेल्धुराका २, गुल्मीका २, अर्घाखाँचीका २, स्याङ्जाका २, सिन्धुपाल्चोकका २, धनकुटाका १, बाग्लुङका १, रोल्पाका १, कालीकोटका १, दार्चुलाका १, बझाङका १, बाजुराका १, पर्वतका १ र म्याग्दीका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका २ जना र ललितपुर, सुनसरी, सिन्धुपाल्चोक, दोलखा, चितवन र कैलालीका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।