Wednesday, 22, September, 2021 info@saipalnews.com

प्रधानमन्त्रीका परराष्ट्र सल्लाकार डा. राजन भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई पनि कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । यसअघि आज नै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको भन्दै दुवैजनाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए । लगत्तै परराष्ट्र सल्लाहकार भट्टराईले पनि आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीका तिनै जना सल्लाहकारले हिजो शुक्रवार स्वाब दिएका थिए ।