Saturday, 18, September, 2021 info@saipalnews.com

नेपालमा एकैदिन थपिए २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ को मृत्यु

काठमाडौंं १८ असोज | नेपालमा आज थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । यस्तै, निको हुनेको संख्या ६४ हजार ६९ रहेको छ भने हालसम्म ५३५ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ जना रहेका छन् । यस्तै, सुर्खेतका ५४, चितवनका ५२, रुपन्देहीका ५२, बाँकेका ५०, नवलपरासी पुर्वका ४०, मकवानपुरका २२, तनहुँका १९, झापाका १६, पाल्पाका १५, नुवाकोटका १४, बर्दियाका १३, काभ्रेका १०, धनुषाका ९, दाङका ९, सुनसरीका ८, पर्साका ८, धादिङका ८, सिन्धुपाल्चोकका ८, दैलेखका ८, बाराका ७, सिरहाका ७, लमजुङका ७, सर्लाहीका ६, रौतहटका ५, प्युठानका ५, कास्कीका ४, स्याङ्जाका ४, कपिलवस्तुका ४, गुल्मीका ४, खोटाङका ३, सप्तरीका ३, बाग्लुङका ३, रुकुम पश्चिमका २, सल्यानका २, रामेछापका २, रसुवाका २, दोलखाका २, उदयपुरका २, भोजपुरका १, महोत्तरीका १, नवलपरासी पश्चिमका १ र कालीकोटका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका बाँकेका २ जना र काठमाडौं, ललितपुर, ललितपुर, कञ्चनपुर र चितवनका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।