Saturday, 24, October, 2020 info@saipalnews.com

बलात्कार प्रकरण : शिक्षकसहित पाँचै जना कारागार चलान

बैतडी १८ असोज । बैतडीको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ ।जिल्ला अदालत बैतडीले बलात्कार आरोपी पाँचै जनालाई पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएका हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार पक्राउ परेका शिक्षक खडक बोहरा, सिगास गाउँपालिकामा कार्यरत केशव बोहरा, स्थानीय रामसिंह बोहरा त्यसैगरी धन बहादुर बोहरा र दान बहादुर बोहरालाई कारागार चलान गरिएको छ।

किशोरीलाई पटक – पटक बलात्कार गर्ने गरेपछि भागेर बिवाह गरेकी किसोरीको बिहे भएको ६ महिनामा बच्चा जन्मिएपछि घटना बाहिरिएको हो । पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ ।