Saturday, 18, September, 2021 info@saipalnews.com

नेपालमा आज थप २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, थप १९ को मृत्यु

काठमाडौं १९ असोज | नेपालमा आज थप २ हजार ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । यस्तै, निको हुनेको संख्या ६५ हजार २०२ रहेको छ भने हालसम्म ५५४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना रहेका छन् । यस्तै, सुनसरीका १२२, चितवनका १०३, रौतहटका ८४, नवलपरासी पुर्वका ६६, रुपन्देहीका ५८, मोरङका ५५, काभ्रेका ३६, कास्कीका ३६, कैलालीका ३३, सुर्खेतका ३०, बाँकेका २२, बाग्लुङका १८, गोरखाका १७, गुल्मीका १७, मकवानपुरका १५, अर्घाखाँचीका १३, धादिङका १२, रामेछापका १२, नुवाकोटका १०, तनहुँका १०, सर्लाहीका ९, झापाका ८, पर्साका ८, बाराका ८, कपिलवस्तुका ८, बर्दियाका ८, सिरहाका ६, कञ्चनपुरका ६, दाङका ६, पाल्पाका ६, उदयपुरका ५, सप्तरीका ५, सिन्धुपाल्चोकका ५, नवलपरासी पश्चिमका ५, प्युठानका ५, स्याङ्जाका ४, ओखलढुंगाका ३, खोटाङका ३, पर्वतका ३, दैलेखका ३, महोत्तरीका २, सिन्धुलीका २, लमजुङका २, बैतडीका २, दार्चुलाका २, डोटीका २, डडेल्धुराका २, बझाङका १, बाजुराका १, सल्यानका १, रुकुम पश्चिमका १, कालीकोटका १, अछामका १, दोलखाका १, धनुषाका १, धनकुटाका १, तेह्रथुमका १ र इलामका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ९ जना, ललितपुरका ३ जना, सर्लाहीका २ जना, र सुनसरी, पर्सा, चितवन, गोरखा र नवलपरासी पुर्वका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।