Wednesday, 19, January, 2022 info@saipalnews.com

कुर्सी तोडफोड काँग्रेसको नीति र संस्कृति विपरीत छ : प्रवक्ता शर्मा

काठमाडौं १९ असोज । नेपाली काँग्रेसले प्रदेश ५ को प्रदेशसभामा आफ्ना सांसदबाट भएको कुर्सी तोडफोड पार्टीको नीति तथा संस्कृति विपरीत भएको बताएको छ । सोमबार साँझ ट्विट गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताए ।

प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल काँग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको  थियो । काँग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो।

सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस सांसदहरूले कुर्सी तोडफोड समेत गरेका थिए । रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन ।

पार्टी प्रवक्ता शर्माले भने कुनै पनि सांसदहरूलाई पार्टीको संस्कृति उल्लंघन गर्ने स्वायत्तता नदिइएको बताए । शर्माले ट्विटमा लेखिएको छन्, ुरोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन ।

संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता भएपनि काँग्रेसका लागि रोजाइको पद्धति भएको भन्दै परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने काँग्रेसको कर्तव्य भएको शर्माको भनाइ छ । प्रवक्ता शर्माले आफ्ना नेताहरूको गल्तीलाई छिटपुट भनेर नछोप्ने भन्दै कठोरतापूर्वक सच्याएर बढ्ने समेत बताएका छन्।