Wednesday, 19, January, 2022 info@saipalnews.com

उपत्यकामा बितेको २४ घण्टामा थप १०१७ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं २० असोज | काठमाडौं उपत्यकामा आज थप १ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ७८३, ललितपुरका ११८ र भक्तपुरका ११६ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।