Thursday, 23, September, 2021 info@saipalnews.com

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका (देउखुरी) दुई तिहाइ बहुमतले पारित

दाङ २० असोज | प्रदेश ५ को नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका (देउखुरी) राख्ने प्रस्ताव प्रदेश संसदबाट दुई तिहाइ बहुमतले पारित भएको छ । प्रदेश ५ को राजधानी घोषणा भएको राप्ती उपत्यकाले दाङ र अर्घाखाँची जिल्लाको केही भुभाग समेटेको प्रस्तावमा उल्लेख छ । प्रदेश सभाका कानुनमन्त्री कुलबहादुर रेग्मीले दर्ता गरेको उक्त प्रस्तावमा राज्धानी राप्ती उपत्यका बनाउने भन्ने प्रस्तावमा कुल सांसद ८७ रहेको प्रदेश ५ को प्रदेशसभामा ८२ जनाले मतदान गरेका थिए जसमध्ये ६९ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने १३ जनाले विपक्षमा मतदान गरेका थिए । यस्तै ५ नम्बर प्रदेशको नाम लुम्बिनी नामाकरण गरियोस् भन्ने प्रस्तावमा ८३ जनाले मतदान गरेकोमा ७९ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने ४ जनाले विपक्षमा मतदान गरेका थिए ।