Wednesday, 19, January, 2022 info@saipalnews.com

नेपालमा आजसम्मकै सर्वाधिक ३४ सय ३९ जनालाई कोरोना संक्रमण पुष्टि, थप १५ को मृत्यु

काठमाडौं २१ असोज | नेपालमा आज थप ३ हजार ४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । यस्तै, निको हुनेको संख्या ६८ हजार ६६८ रहेको छ भने हालसम्म ५७८ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १२९६, ललितपुरका २९३ र भक्तपुरका ९५ जना रहेका छन् । यस्तै, मोरङका ३२२, सुनसरीका १९३, चितवनका १३१, रुपन्देहीका १३०, बाँकेका १०६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहटका ३४, कास्कीका ३४, बाग्लुङका ३४, सप्तरीका ३३, कपिलवस्तुका ३३, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४, झापाका २२, बर्दियाका २२, पाल्पाका १९, लमजुङका १९, धनुषाका १८, नवलपरासी पश्चिमका १८, नवलपरासी पुर्वका १७, सर्लाहीका १७, पर्साका १५, सिरहाका १५, बाराका १३, गोरखाका १३, तनहुँका १३, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोटका ९, गुल्मीका ९, सल्यानका ९, रामेछापका ८, दोलखाका ६, महोत्तरीका ५, दैलेखका ५, अछामका ५, उदयपुरका ४, ओखलढुंगाका ४, कञ्चनपुरका ४, खोटाङका ३, धनकुटाका ३, संखुवासभाका ३, पर्वतका ३, स्याङ्जाका ३, प्युठानका ३, रुकुम पश्चिमका ३, डोटीका ३, भोजपुरका २, म्याग्दीका २, अर्घाखाँचीका २, रोल्पाका २, बैतडीका २, बझाङका १, डडेल्धुराका १, डोल्पाका १, कालीकोटका १, रुकुम पुर्वका १ र इलामका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ६, मोरङका २, र सिरहा, रौतहट, ललितपुर, चितवन, रुपन्देही, नवलपरासी पश्चिम र दाङका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।