Friday, 28, January, 2022 info@saipalnews.com

झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना

झापा २१ असोज । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना सङ्क्रमण भएको छ । आफूलाई कोरोना पोजेटिभ भएपछि होमआइसोलेसनमा बसेको उनले बताए । “लक्षण केही देखिएको छैन”, उनले भने, “मसँग सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु हुन अनुरोध छ । जिसस प्रमुख पोर्तेललाई कोरोना पोजेटिभ भएपछि जिल्ला समन्वय समितिको कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जिल्ला समन्वय अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।